खबरदारी र अभियान सँगसँगै

 दैलेखलाई हिजोदेखि परिचित व्यक्तिहरु र बर्तमानका बिश्लेषकहरुसँग सँधै हातेमालो गर्दै पत्रकारिताको माध्यमबाट दैलेखको परिचय, गरिमा र गौरव बढाउन धमाका दैनिक पत्रिकाको टोली विगत ७ बर्षदेखि निरन्तरलागिरहेको छ । धार्मिक पर्यटनका हिसावले दैलेखलाई बिकास गर्न सकिने धेरै संभावनाहरु हुँदा हुँदै पनि राज्यले अहिलेसम्म दैलेखको बारेमा कानमा तेल हालेर बस्ने बाहेक अरु काम गर्न सकेको छैन् । राज्यलाई बारम्वार खवरदारी सँगै दैलेखका संभावना र चुनौतीहरुलाई पनि हामिले सँगै उठान गरिरहेका     छौं ।
पर्यटनको मात्र हैन् , जिल्लामा हुने भ्रष्टाचार, अनियमितता, अराजक गतिविधि लगायतका बिषयहरुमा समेत हामीले कसैसँग पुर्वाग्राही नभएरै निश्पक्ष कलम चलाउन सफल भएकै कारण दैनिक पत्रिकालाई मायाँ गर्ने पाठहरु समेत बढेका छन् । हामिले चार बर्षदेखि दैलेखका खवरहरु अनलाईन मार्फत विश्वभर प्रचार गर्न सफल भएका छौं । अहिले भारतबाट प्रकाशित हुने दैनिक पत्रिकाले समेत दैलेखका खबरहरुलाई धमाका दैनिकको सहकार्यमा मध्यपश्चिम पेज निर्माण गरेर दैनिक खबरहरु प्रकाशित गर्दै आएको छ । आम पाठकहरुको मायाँ र हाम्रो निरन्तरताको अभियानले मात्रै यो कुरा संभावन भएको हामिले महसुस गरेका    छौं ।
हरुलानिकै महत्वपुर्ण जिल्लाको रुपमा परिचित जिल्ला हो ।
ऐतिहाँसिकता भित्रको  निकै मनोरम दृश्य बन्न सक्ने दैलेख ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक लगायतका विभिन्न  क्षेत्रबाट बिगतदेखि परिचित रहेपनि राज्यले यसतर्फ उचित ध्यान दिन सकेको छैन् । यतीमात्र हैन् सत्ययुगमा महादेवकी धर्मपत्नी सत्तीदेवीको शिर, कोख, धुलो, पाऊ, नाभी लगायतका बक्षयस्थलहरु पतन भएर बनेका पंचकोशी तीर्थस्थलको लेक भनेर स्कन्ध पुराणमा समेत उल्लेख भएको जिल्लाको ऐतिहाँसिकता दिनप्रतिदिन मासिँदै गएको    छ ।
स्थानीय निकायका रुपमा रहेका जिल्ला बिकास समिति र नारायण नगरपालिकाले समेत हरेक बर्ष कृषि पर्यटन र   पुर्वाधारको नारा बोकेर बार्षिक कार्य योजना निर्माण गर्ने गरेको छ । पुर्वाधार तर्फ सामान्य बिकासहरु भएको देखिएपनि अहिलेसम्म पर्यटनका क्षेत्रमा भने उचित पहल हुन सकेको छैन् । जिल्लाका आम नागरिकहरुले दैलेखको पहिचानका लागि बेला बेलामा प्रयासहरु नगरेका पनि होईनन् तर राज्यको ठोस नीति नवनेकै कारण अहिलेपनि जिल्लामा पर्यटन प्रर्बद्धनमा धेरै ठूलो चुनौती देखिदै आएको छ ।     ३२ भन्दा बढी जातजातीका मानिसहरुको उद्गम थलो दैलेख, नेपालका ठूला हस्तिहरु कोईराला, दाहाल, नेपाल, खनाल लगायतका सँधै सरकार संचालन गर्नेहरुको जन्मस्थल दैलेख भएको भनिन्छ तर त्यस्ता व्यक्तिहरुले अहिलेसम्म ध्यान दिएका छैनन् । अव खोजी गरौं कृषिमा कति उल्लेख्य लगानी ग¥यौं प्रतिफल कस्तो आयो ? पर्यटनका लागि आएको रकम कति खल्तिमा गायो ? कति उपयोग भयो ? अव खोजी गरौं पूर्वाधारको    रकम कति कमिशनमा खर्च ग¥र्यौं ? कतिवटा बाटाघाटा र पुल पुलेसाहरु बने ? जिल्लाको लागि बिडम्बनाको कुरा हो ,  काठमाण्डौं, लुम्बिनी पछिको तेस्रो स्थान दैलेख तपाँई हाम्रो उखान टुक्कामा मात्र सिमित नहोस भन्दै हाम्रो     निरन्तर खबरदारी रहिरहने छ । यसमा तपाँईको सहयोग जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार